राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८०

काठमाडौँ । सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि अर्थात माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

राष्ट्रिय सभामा ६ वर्षको कार्यकालको चिठ्ठा पारेकाहरुको रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० जना सदस्यको म्याद सकिँदैछ । जसमा एमालेका ८, कांग्रेस ४, माओवादीका ३, जसपाका १, एकीकृत समाजवादीका २ र स्वतन्त्र २ (खिमलाल देवकोटा र डा.विमला पौडेल) को पद रिक्त हुने छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिँनु भन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै मन्त्रिपरिषद् वैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

 


Published :१३ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media