एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आजबाट सुरू हुनेछ भने लगभग तीन साताको समय भित्र यसलाई पुरा गरिनेछ ।

जसअनुसार बैतडीको झुलाघाटबाट सुरू भएर पाँचथरको चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।

 


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media