मधेश प्रदेश केपी ओली टी- २० को फाइनलमा

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

काठमाडौँ । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो ।

मधेश प्रदेशले दिएको १९८ रनको लक्ष्य पछाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।  यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १९७ रन बनाएको थियो ।

अब फाइनलमा मधेश प्रदेशको भिडन्त नेपाल आर्मीसँग हुने भएको छ ।  आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media