धेरै ब्याज लिने बैंकविरुद्ध उजुरी लिएर आउनुस्, फिर्ता हुन्छः गभर्नर अधिकारी

राष्ट्रपाटी न्युज

१५ मंसिर २०८०

काठमाडौं  । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले धेरै ब्याज लिने बैंकविरुद्ध उजुरी दिन आह्वान गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धेरै ब्याज असुल्ने जुनसुकै बैंकविरुद्ध उजुरी दिन आह्वान गरेका हुन् ।

गर्भनर अधिकारीले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर आउने उद्योगी-व्यवसायीहरूको उजुरीमाथि अनुगमन गरेर ब्याज फिर्ता गराउने प्रतिवद्धतासमेत जनाए ।

उनले अघिल्लो वर्ष प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराइएको उदाहरण दिए ।

 


Published :१५ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media