नक्कली शरणार्थी प्रकरणमा खाँड छुट्ने कि नछुट्ने फैसला आउँदै

राष्ट्रपाटी न्युज

मंसिर १४, २०८०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुटने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा केही बेरमा फैसाला आउन लागेको हो ।

आज आउने फैसलाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ ।

 


Published :मंसिर १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media