काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।
उच्च अदालत, पाटनलले आज आफनो फैसला सुनाउँदै पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँणकाे सबालमा भने न्यायाधिसहरूका बिचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायाधिसलाई फैसला गर्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार अब खाँणले जेलबाहिर बसेर नै मुद्धा लड्न पाउने बाटो अझै खुलेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पूर्बगृहमन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसला सुनाएकाे हाे ।
अदालतमा जवाफी बहसमा खाँणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायाधिस बिचमा राय बाझिँदा तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन् ।
त्यससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा फैसला आएको हो ।