हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदाय एक भएर लाग्नुपर्छः प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

१६ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताएका हुन् ।

शनिवार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरे ।

प्रधानमन्त्री दाहालले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे ।


Published :१६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media