मन्त्रीमण्डल पुनःगठनको सम्भावना छैनः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनः गठनको सम्भावना नरहेको बताएका छन् ।

आईतवार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले मन्त्रीमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारे । उनले मन्त्रीमण्डल पुनःगठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको बताए ।

प्रधानमन्त्री दाहालले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरे । उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरु छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए ।

प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्वपूर्ण प्रस्ताव र कुरा राखेको जानकारी दिए ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media