काठमाडौंमा चिसो बढ्दै, जनजीवन प्रभावित

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।


Published :१८ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media