नेकपाका महासचिव ‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८०

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा र राजु कार्कीविरुद्ध राज्यविरुद्धको अपराध कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

जिल्ला अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

उनीहरुविरुद्ध २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो ।


Published :१८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media