काठमाडौं।अन्तर्राष्ट्रिय अपांग दिवसको उपलक्ष्यमा नेत्रहीन युवा संघले आयोजना गरेको रास्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा रिलायन्स ईन्टरनेसनल एकेडेमी (+२) विङ्स अन्तर्गतका तिन बिध्यार्थीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । नेत्रहिन युवा संघ,नेपालद्वारा नयाँ बानेश्वर इन्द्रणी स्वीट्सको रानीहलमा आयोजित भव्य कार्यक्रमबीच राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो ।
प्रतिनिधी सभा सदस्य मानानीय विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको शीर्षक “बृहत यौनिकता शिक्षा÷यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” रहेको थियो ।
कक्षा १२ व्यबस्थापन संकायकी छात्रा दिपिका ढुंगाना प्रथम, कक्षा ११ व्यबस्थापन संकायकै सङगम कार्की द्वितीय र कक्षा ११ बिज्ञान संकायकी छात्रा कृति पोखरेलले तृतिय स्थान हासिल गर्दै क्लिन स्विप गर्न सफल भएका हुन्।
उनीहरुले नगद पुरस्कार क्रमशः रु. १०,०००,७,००० र ५,००० प्राप्त गरेका छन् । नियमित रुपमा विभिन्न रचनात्मक गतिविधि संचालन गर्दै आएको एकेडेमीले अन्य प्रतियोगिताहरुमा पनि सफलता प्राप्त गरिरहेको छ।