राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी  हेरफेर गरिएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन्।

राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ।

राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ। वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्रीको जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेललाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेलाई दिइएको छ।

आगामी आइतबारदेखि लागु हुनेगरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।


Published :मंसिर १७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media