एनसेल घोटलाको निष्पक्ष छानविन हुनुपर्छः कांग्रेस महामन्त्री थापा

राष्ट्रपाटी न्युज

१९ मंसिर २०८०

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटला छानविन गर्न माग गरेका छन्।

नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गरे।

उनले सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए ।

थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए।


Published :१९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media