एनसेलको सेयर बिक्रीबारे छानबिन हुन्छ : अध्यक्ष खनाल

राष्ट्रपाटी न्युज

२० मंसिर २०८०

काठमाडौं । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् ।

बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् ।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको आफूले जवाफ पाएको भन्दै उनले अध्ययनका लागि सहमतिको कागजातपत्र मागेको जानकारी दिए ।


Published :२० मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media