गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

राष्ट्रपाटी न्युज

२० मंसिर २०८०

काठमाडौं । कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् ।

कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही रोक्न र अन्तर्राष्ट्रिय कानुन बमोजिम नागरिकहरूको सुरक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापन रोक्नको लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाबको महत्त्वलाई पनि उनीहरुले जोड दिए ।


Published :२० मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media