ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन् ।
बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको विषयक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शासकीय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समीक्षा गरिने बताएका हुन् ।
यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउँदा विविध कारणले खासै प्रगति नदेखिएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले पहिलोपटक सचिवहरूलाई दिएको निर्देशन परिणाम निराशाजनक रहेको बताए । उनले समस्या समाधानका उपायहरू खोज्नसपर्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्री दाहालले अब प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा सेवा प्राप्तको अनुभव गर्न नसके जनताको भरोषा टुट्दै जाने भएकाले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गरे।