लघुवित्त र सहकारीको ऋण मिनाहाको माग राख्दै आमजनता पार्टीको प्रदर्शन

राष्ट्रपाटी न्युज

२० मंसिर २०८०

जनकपुरधाम । आम जनता पार्टीले बैंक क्षेत्रसँग सम्बन्धित् विभिन्न माग राखेर प्रदर्शन गरेको छ ।

जनकपुरधाममा उसले बुधबार प्रदर्शन गरेको हो ।  बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उसका माग छन् । यदी माग पूरा नभए मधेश प्रदेश बन्द गर्ने चेतावनीसमेत दिइएको छ ।


Published :२० मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media