नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media