संसदीय समितिले एनसेल प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

काठमाडौं । संसदीय समितिले एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार  प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो ।

सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको विषयमा पनि छलफल गर्ने निर्णय गरेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई आगामी बुधबार काठमाडौं–तराई÷मधेस द्रुत मार्गको कार्य प्रगतिको विषयमा जानकारी लिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media