यु-१९ एसिया कपः पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

काठमाडौं । यु-१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। दुबईको आइसीसी एकेडेमीमा शुक्रबार भएको पहिलो खेलमा नेपाल पराजित भएको हो।

नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि अजान आविसले अविजित ५६ रन बनाए। त्यस्तै कप्तान साद बाग ५० रन बनाएर पेभेलियन फर्किएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ‌ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाएको थियो।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media