काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएसम्म देशमा अहित हुने खालको गतिविधि हुन नदिने बताएका छन्।
धनगढीको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा राष्ट्रविरुद्ध विभिन्न गतिविधि गर्ने प्रयास भइरहेको प्रस्ट पार्दै त्यसविरुद्ध सबै दल एकजुट भएको बताए।
उनले एकथरी मान्छेहरूले देशको अहित हुनेखालका गतिविधि गर्दै आएको आरोप लगाए । उनले केही मान्छेहरू देशमा अँध्यारो छायो, यो सरकारले उज्यालो ल्याउनै सक्दैन भन्दै हिँडिरहेको जिकिर गरे । उनले आफू प्रधानमन्त्री भएसम्म राष्ट्रको अहित हुने खालका गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल गर्न खोजेको समेत स्पष्ट पारे । उनले नेपाल सरकारको स्वामित्वमा आउन नदिन आफू दुबई भ्रमणमा भएकै बेला एनसेल खरिदबिक्रीमा चलखेल भएको बताए ।
त्यसको छिट्टै यथार्थ पता लाग्ने उनको भनाइ छ । उनले आफू सुरूदेखि नै सुशासन, न्याय र समृद्धिको पक्षमा रहेको बताएका थिए ।