धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

धनगढी । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो।

महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media