घट्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

२५ मंसिर २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोवार भइरहेको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


Published :२५ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media