कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

राष्ट्रपाटी न्युज

२५ मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंसिर २९ गते शुक्रबार दिउँसो १२ : १५ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय सानेमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा महासमिति बैठकको तयारी,जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितका लागि आग्रह गरिएको छ।


Published :२५ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media