बुद्धका दर्शन र उपदेश कहिले पनि पुराना हुँदैनन् : प्रधानमन्त्री 

राष्ट्रपाटी न्युज

२६ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका दर्शन र उपदेश कहिले पनि पुराना नहुने दाबी गरेका छन् ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुद्धका दर्शन, सिद्धान्त र उपदेशको महत्त्व दिनप्रति दिन बढ्दै जाने विश्वास व्यक्त गरेका हुन्।

उनले आजको कार्यक्रमपश्चात रामाग्रामबारे र बुद्धको अस्तु धातु र ऐतिहासिक सन्देश जाने विश्वास व्यक्त गरे। प्रचण्डले विश्वका विभिन्न देशबाट आएका बौद्धमार्गी गुरु र शान्तिका पक्षधरहरुलाई बधाई ज्ञापन गरे।

नले संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर नेपालको शान्ति प्रकिया अन्तिम चरणमा पुगेको जानकारी गराएको बताए। उनले विश्व शान्ति निम्ति समेत अपील गरेको जानकारी गराए।

युद्ध र शान्तिको विषयलाई उठाउँदै प्रचण्डले अशोक सम्राटलाई आफूसँग तुलना गर्दै कतै न कतै मिल्न जाने उल्लेख गरे। उनले अशोक सम्राट र आफ्नो भावना मिल्ने बताए ।


Published :२६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media