कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

राष्ट्रपाटी न्युज

२६ मंसिर २०८०

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ ।

मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।

कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् ।


Published :२६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media