आयल निगमका कार्यकारी निर्देशक थानीको राजीनामा

राष्ट्रपाटी न्युज

२६ मंसिर २०८०

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएको बुझिएको छ ।

भोलिको दिनदेखि स्वीकृत हुने गरी थानीले राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले बताएको छ ।

निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुन २६ गते तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो ।


Published :२६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media