कांग्रेसद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता

राष्ट्रपाटी न्युज

२९ मंसिर २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले आयोगमा दल दर्ता गराएको हो ।

कार्यसम्पादन समितिको बैठकले दल दर्ता गर्ने निर्णय गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आयोग पुगेर दल दर्ता गराएका हुन्।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आज शुक्रबारसम्म दल दर्ताको समय दिएको छ। यसअघि आयोगले मंसिर २२ गते सूचना जारी गर्दै राजनीतिक दलहरूलाई मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको समय दिएको थियो ।


Published :२९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media