इयु, अष्ट्रेलिया र जी ७ का देशले भारतबाट रूसी तेल खरिद गरिरहेको खुलासा

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०८०

ब्रसेल्स । एक युरोपेली अनुसन्धान संस्थाले पछिल्लो १३ महिनामा भारतले जी–७ गठबन्धन गठबन्धनमा निर्यात गरेको एक तिहाइ पेट्रोलियम रुसबाट आयात गरिएको कच्चा तेलको प्रशोधनबाट भएको दाबी गरेको छ ।

युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुले रुसबाट कच्चा तेल आयातमा विभिन्न प्रतिबन्ध लगाएका थिए तर भारतले युरोपमा रूसको तेल निर्यात गरेको जनाइएको छ ।

डिसेम्बर २०२२ मा यी देशहरूले रुसी कच्चा तेलको आयातको मूल्य दायरा पनि तय गरेका थिए । तर रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी पश्चिमा मुलुकमा निर्यात गरि अन्य मुलुकमा आयात गर्न प्रतिबन्ध लगाइएको छैन । भारतले पछिल्लो दुई वर्षमा रुसबाट ठूलो मात्रामा कच्चा तेल आयात गरेर युरोप र अष्ट्रेलियामा निर्यात गरेको हो ।

सस्तो दरमा रुसी कच्चा तेल प्राप्त गर्नाले भारतलाई आफ्नो आयात बिल घटाउन मद्दत गरेको छ । फिनल्याण्डस्थित अनुसन्धान संस्थान ‘सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर’ले एक प्रतिवेदनमा भारतले रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी जी ७ देश, युरोपेली संघ र अष्ट्रेलियामा निर्यात गरिरहेको जनाएको हो ।

सिइआरएले भन्यो, ‘तेल मूल्य क्याप लगाएको १३ महिनामा यी देशहरूले रूसी कच्चा तेलबाट प्रशोधित पेट्रोलियम उत्पादनहरूको भारतीय निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन्। भारतले रुसको सहयोगमा यी देशहरूमा ६ अर्ब ६५ करोड डलरको तेल निकासी गरेको छ । यस निर्यातको ठूलो हिस्सा जामनगरस्थित रिलायन्स रिफाइनरीबाट भएको छ ।’

टिप्पणीको लागि रिलायन्स इन्डस्ट्रिजलाई पठाइएको इमेलको कुनै प्रतिक्रिया आएको छैन । सिइआरए ले भन्यो, ‘भारतले रुसबाट ३.०४ बिलियन यूरोको कच्चा तेल आयात गरेको थियो र ती उत्पादनहरू रूसी तेलमा प्रतिबन्ध लगाएका देशहरूमा पठाउन थालेको थियो ।’

 


Published :१० फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media