चौथो निब्स राष्ट्रिय गित नृत्य प्रतियोगिता भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०८०

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीखाटारमा अबस्थित नेशनल आइडियल बोर्डिङ्ग स्कुल (निब्स ) ले चौथो राष्ट्रिय गित नृत्य प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ। यहि फाल्गुन ११ गते शुक्रबार बिहान ९ बजेदेखि बिधालय परिसरमा प्रतियोगिता सम्पन्न भएको हो । राजधानीका बिभिन्न १३ वटा बिधालयहरु सहभागी रहेको उक्त प्रतियोगिताबाट रिलायन्स इन्टरनेशनल एकेडेमीले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने नेशनल ब्लूमिङ्ग फ्लावर स्कुल , तिरुपति इन्ग्लिश बोर्डिंग स्कुल , रिपुमर्दिनी सैनिक महाबिधालय क्रमश द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्।

त्यसैगरी बेष्ट डान्स कोरियोग्राफर तिरुपति इन्ग्लिश बोर्डिंग स्कुलका संदेश तामांग,बेष्ट ड्रेश एंड मेकअप पन्चकन्या स्कुलका बिधार्थिहरु तथा बेष्ट फिमेल डान्सर ओडिसी इन्टरनेशनल स्कुलको लक्स ढकाल बन्न सफल भएका छन्।

युवा बिधार्थीहरुमा बढ्दै गएको विदेश पलायनको अबस्थामा राष्ट्रिय भावना जगाउन कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको विधालयका प्रिन्सिपल डि एन महत्तोले बताएका छन्। निब्स स्कुलले देशभर मै अनौठो प्रतियोगिता आयोजना गरेको दावी गर्दै महत्तोले देश प्रतिको माया बढाउन कार्यक्रम महत्वपूर्ण बनेको बताएका छन्।

बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारिले उद्घाटन गरेको कार्यक्रममा निब्सले हरेक बर्ष जस्तै यो बर्ष पनि २ जना जेष्ठ नागरिकलाइ सम्मान गरेको थियो ।

नृत्य प्रतियोगिताको मुनलाइट टेलिभिजन लगायत बिभिन्न अनलाइन मिडियाले प्रतक्ष्य प्रसारण गरेका थिए। उक्त प्रतियोगिताको निर्णय कोड नम्बरको आधारमा व्यावसायिक र अनुभवी व्यक्तिले गरेको थिए ।

 


Published :१३ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media