सोमालियाको मोगादिसुमा भिडन्त हुँदा ३ को मृत्यु, २७ जना घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ ।

स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन । सो क्रममा ३ जनाको मृत्यु भएको छ ।

आधुनिक हतियार लिएर आएका जिहादीहरूले राति होटलमा गोली प्रहार गरेका थिए। होटलको नाम एसवाईएल रहेको बताइएको छ । सो घटना पछि शुक्रबार सुरक्षा बलहरूले पछिल्लो १३ घण्टाको कडा संघर्ष पछि स्थितिलाई नियन्त्रणमा लिएको बताए।

सोमालियाका प्रहरी प्रवक्ता कर्णेल कासिम अहमद रोबेलले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन्। घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक रहेका छन् ।’

सोमालियाका प्रवक्ताका अनुसार घाइतेमध्ये चारजना विधायक पनि छन्। आत्मघाती हमलामा पाँच आक्रमणकारीको पनि मृत्यु भएको थियो । प्रवक्ताका अनुसार होटलमा लामो समयको भिडन्त पछि अवस्था सामान्य भएको छ ।

एसवाइएल होटलमा आक्रमण भएको यो पहिलो पटक भने होइन । विगतमा पनि आक्रमणकारीको निशाना बनेको छ । तर, यसपटक घटना रमजानको पवित्र महिनामा भएको छ । यो धेरै लाजमर्दो छ।

सुरक्षा अधिकारी अहमद दाहिरले भने कि आक्रमणकारीहरूले पहिले होटल नजिकै विस्फोटक प्रयोग गरे। जसका कारण पर्खालमा नराम्ररी क्षति पुगेको छ । त्यसपछि अज्ञात बन्दुकधारीले भवनमा घुसपैठ गरेका थिए ।
आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् ।

गोली चल्ने बित्तिकै भित्ताबाट हाम फालेर भागेको घटनाको समयमा उपस्थित हसन नूरले बताए । उनले घटनाबारे धेरै थाहा नभएको तर होटलभित्र धेरै मानिस रहेको भने जानकारी दिए ।


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media