महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको कार्यालयमा लगिएको छ ।

सोमबार बिहान भैरहवाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय लगिएको हो । प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतमा लगेर म्याद थप गर्ने तयारी गरेको छ ।

यसअघि सुन तस्करी प्रकरणमा सत्तारुढ दलका उपाध्यक्ष महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media