कांग्रेसको प्रश्न- आफैं मुछिएको सहकारी ठगी मुद्दामा गृहमन्त्री लामिछानेले कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा महरा पक्राउ परेकोमा धन्यवाद दिएका हुन् ।

थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए  सुन काण्ड फासफुस हुने उल्लेख गरे। उनले आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्न नहुने भन्दै सही विषयमा सरकारलाई पूर्ण साथ रहने समेत बताए ।

सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आफैं मुछिएको मुद्दामा कसरी अनुसन्धान गर्नसक्छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने आशंका र डर बढेको बताए ।

सुन काण्डमा सरकारले जुन किसिमको काम सुरु गरेको छ सहकारी ठगीमा प्रकरणमा पनि जो संलग्न छन् तिनीहरूमाथि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media