सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न सरकार डरायोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताए।

उनले संसदीय समिति गठन गर्न नसक्ने सरकारले आफ्ना साझा न्यूनतम कार्यक्रममा विभिन्न आयोग गठन गर्ने उल्लेख गरेको भन्दै आपत्ती जनाए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल हुने दावी गरे ।

नेता खतिवडाले सबै स्थानीय तहका अस्पताल निर्माणका लागि रकम अभाव भएको भन्दै तुरुन्त रकम पठाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।


Published :७ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media