काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज हानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेश र बागमती प्रदेशको केहि स्थानमा बर्षादको सम्भावना रहेको छ ।

हालै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।


Published :७ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media