को बन्ला नेकपा एमाले ओखलढुङ्गाको अध्यक्ष ??

राष्ट्रपाटी न्युज

२६ चैत्र २०८०

ओखलढुङ्गा । नेकपा एमाले ओखलढुङ्गाको १० औं जिल्ला अधिबेशन शुरु भएको छ। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा खुला सत्र सम्पन्न हुँदैछ भने अब केहि घण्टा पछि बन्द सत्र शुरु हुने तयारी छ। अधिवेशन चल्दै गर्दा नेतृत्वका बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले दावी गर्ने क्रम जारी छ।

हालसम्म अध्यक्ष पदको लागि तिन जनाको दावी सार्बजनिक भएको छ। जस अनुसार बर्तमान उपाध्यक्ष एवम् सविधानसभा सदस्य हर्कबोल राई, जीबी खड्का र महिला नेतृ सरस्वती कार्कीको दावी रहेको बताइएको छ।

त्यसमध्य बर्तमान उपाध्यक्ष एवम् सविधानसभा सदस्य हर्कबोल राईलाइ यज्ञराज सुनुवार लगायतको समर्थन रहेको र जीबी खड्कालाइ अम्बिर बाबु गुरुङ्गको समर्थन रहेको नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटिका एकजना सदस्यले जानकारी दिएका छन्। राष्ट्रपाटिसंग कुरा गर्दै अध्यक्षका प्रत्यासी जिबी खड्काले निर्वाचन भएमा आफूले चुनाव जित्ने र सरस्वती कार्कीले समेत आफूलाई समर्थन गर्ने दावी गरेका छन्।

घोषित रुपमा जिल्ला अध्यक्ष पदमा तीनजनाको दावी भएपनि सर्बसम्मतको प्रयासको क्रममा फरक नतिजा आउन सक्ने सम्भावना त्यतिकै छ। बाहिर घोषणा नगरे पनि बर्तमान अध्यक्ष शंकर कटुवाल पनि अध्यक्षका दावेदार रहेको बताइञ्छ। नेता अम्बिर बाबु गुरुङ्गको दरिलो साथ रहेको मानिने उनलाई अध्यक्ष दोहोर्याउँदा बर्तमान उपाध्यक्ष एवम् सविधानसभा सदस्य हर्कबोल राई सहित पुरै टिम एकपटक फेरी दोहोरिने सम्भावना रहन्छ। जसलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल लगायतको नेतृत्वको समेत ग्रिन सिग्नल मिल्न सक्ने आंकलन गरिएको छ।

यदि नेतृत्व परिवर्तन हुने अबस्था बनेमा कमिटिका उपाध्यक्ष हर्कबोल राइ अध्यक्षको दावेदार बन्दा सचिव कमल न्यौपाने पनि अध्यक्षका बैकल्पिक उम्मेदवार बन्न सक्ने सम्भावना समेत रहेको छ।

यी सबै व्याक्तिको चर्चा हुँदै गर्दा सर्बसम्मत रुपमा सहमती जुटेमा जिल्ला अध्यक्ष बन्न तयार अर्का नेता हुन् – नानीबाबु बुढाथोकी। नेकपा एमाले प्रदेश कमिटि सदस्य रहेका उनि धेरै बिबाद भएमा अन्तमा सर्बसम्मत बैकल्पिक अध्यक्षका उम्मेदवार हुन्।

 


Published :२६ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media