दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स २.४२ अंकले घटेर ३५५.७८ विन्दुमा अडिएको छ।

कारोबार रकम आइतबारको तुलनामा घटेको छ।

यसदिन ३१४ स्क्रिप्सको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँमा खरिद बिक्री भए। अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन दुईवटा कम्पनीका लगानीकर्ताले गुमाए । गुराँस लघुवित्त वित्तीय र डोल्टी पावरको सेयर १० प्रतिशतले घट्यो।

१७ करोड मूल्य बराबरको सेयर कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो। यसैगरी सीवाईसी नेपाल लघुवित्तले ७ करोड,सानिमा माइ हाइड्रोपावरले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

१३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।  कारोबारमा आएका ५२ स्क्रिप्सको मूल्य बढ्दा १८४ वटाको मूल्य घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो ।


Published :३ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media