इलाम-२ मा अग्रता बढाउँदै एमालेका सुहाङ नेम्वाङ

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

सदरमुकाम इलाम बजारका तीनवटा स्थानमा अहिले मतगणना भइरहेको छ । सोमबार साँझसम्म लगातार अग्रता बनाइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

सुहाङले ताजा अवस्थामा नेपाली कांग्रेस डम्बर खड्कालाई ६ हजार ५०७ मतको फराकिलो अन्तरले पछि पारेका छन् ।

सुहाङले १९ हजार ६९७ मत ल्याइएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १३ हजार १९० मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत ल्याएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ३ सय २३ मत पाएका छन्।

शनिबार भएकाे मतदानमा यहाँ ६६ हजार मत खसेको थियो । जसमध्ये ४८ हजार ९८ मत गणना सकिएको छ । अब ११ वडा वडाको मतगणना हुन बाँकी छ । यो क्षेत्रमा पर्ने ४२ मध्ये ३१ वडाको मतगणना भइसकेको छ ।


Published :१७ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media