अमेरिकी राष्ट्रपति बाइडेनले पाँच लाख मानिसलाई स्थायी बसाेबासको व्यवस्था गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको व्यवस्था सहज बनाइने बताएका छन्।

ह्वाइट हाउसका अनुसार कागजात नभएका अमेरिकी नागरिकका जीवनसाथीले स्थाय बसोबासको स्थिति प्राप्त गर्नका लागि प्रक्रियालाई सहज बनाउने नयाँ नियम चाँडै सार्वजनिक गरिने छ।

नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि अमेरिकीहरूका लागि महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको आप्रवासनमा बाइडेन प्रशासनले यो कदम उठाउँदा नेपाली नागरिकलाई पनि लाभ हुने भएको छ।

नयाँ नियमले स्थायी बसोबासका लागि योग्यता विस्तार नगरी पहिलेदेखि नै योग्यता भएकाहरूका लागि प्रक्रियालाई सुव्यवस्थित गर्नेछ।

कम्तीमा १० वर्ष मुलुकमा उपस्थित भएका र सन् २०२४ जुन १७ भन्दाअघि अमेरिकी नागरिकसँग विवाह गरिसकेकाहरूका लागि नयाँ नियम लागु हुनेछ। प्रशासनले यसमा करिब पाँच लाख मानिसलाई समावेश गर्ने अनुमान गरेको छ।

यसबाहेक अमेरिकी नागरिकहरूका करिब ५० हजार सौतेनी सन्तानहरू योग्य हुनेछन्। स्वीकृत मानिसको स्थायी बसोबासका लागि आवेदन गर्ने समयमा अमेरिकामा तीन वर्षसम्म बस्ने र कामको अधिकार दिइनेछ।

एक पटक कसैसँग स्थायी बसोबास (ग्रिनकार्ड) भयो भने उसले सैद्धान्तिकरूपमा पछि नागरिकताका लागि आवदेन दिन सक्नेछ । (रासस/एएफपी)


Published :असार ५, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media