सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम ३ अर्ब ४० करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार  १८.७६ अंकले घटेको नेप्से आज २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा कायम भएको हो। नेप्से घटेसँगै सेयर कारोबार पनि मंगलबारको तुलनामा ओरालो लागेको छ।  यसदिन ३०८ स्क्रिप्सको ७२ लाख  ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड  ३ लाख ७२ हजार ६३२ रुपैयाँमा खरिदबिक्री भए ।

गलबार  ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। पहिलो कारोबार दिनआइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।

यसदिन नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको ९.९९ प्रतिशतले सेयर बढ्यो। समाज लघुवित्तीय वित्तको ९.८८ प्रतिशत,कुथेली भुखारी स्माल हाइड्रोपावरको ९.३८ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ८.२८ र सामलिङ पावरको ८ .०८ प्रतिशतले सेयर बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी गोर्खाज फाइनान्सको ९ करोड ,ग्लोबल आइएमईको ८ करोड,सीएचडीसी हाइड्रोपावर र हिमालयन लघुवित्तको ७/७ करोड मूल्य बढिको सेयर कारोबार भयो ।


Published :असार ५, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media