थाहा पाउनुहोस् २०८१ असार ८ गते शनिबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ असार ८ गते शनिबार ई.स. २०२४ जुन २२, तिथि- ज्येष्ठ शुक्लपक्ष पूर्णिमा, ६ः३५ बजेपछि प्रतिपदा, नक्षत्र- मूल, शुक्ल- योग, वव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः११ सूर्यास्त- १९ः०१ ।

मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्ने छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।


Published :असार ७, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media