अफगानिस्तानद्वारा बंगलादेशलाई ११६ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

असार ११, २०८१

काठमाडौँ । अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।

सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।


Published :असार ११, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media