युरोकपः इटालीलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा

राष्ट्रपाटी न्युज

असार १६, २०८१

काठमाडौँ । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए ।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।


Published :असार १६, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media