कांग्रेस पदाधिकारी बैठक बस्दै

राष्ट्रपाटी न्युज

असार १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्दै छ ।

सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।


Published :असार १७, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media