प्रचण्डद्वारा माओवादी पदाधिकारी बैठक आह्वान

राष्ट्रपाटी न्युज

असार १८, २०८१

काठमाडौं । सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ ।

पदाधिकारी बैठकमा राय आएपछि प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको एक पदाधिकारीले बताए ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।


Published :असार १८, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media