बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

राष्ट्रपाटी न्युज

८ श्रावण २०८१

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।


Published :८ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media