तीव्र उतारचढावबीच नेप्से परिसूचकमा ३५.५५ अंकको वृद्धि

राष्ट्रपाटी न्युज

साउन १५, २०८१

काठमाडौँ ।  मंगलबार शेयरबजारमा तिव्र उतारचढावबीच नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको २ लाख ६ हजार ६४३ पटकको कारोबारमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

स दिनको बजारमा होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ।


Published :साउन १५, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media