पश्चिम बंगालमा कोइला खानीमा विस्फोट, सातजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२१ आश्विन २०८१

नयाँदिल्ली । पूर्वी भारतको पश्चिम बंगाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालको राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गंगारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो ।

प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।

“सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या सात पुगेको छ,” एक प्रहरी अधिकारीले भने, “घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।” विस्फोटको कारणबारे अनुसन्धान जारी छ । (रासस/सिन्ह्वा)


Published :२१ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media