दसैँमा कोसी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

सुनसरी । दसैँमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

झापामा ७२ वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । धनकुटा र खोटाङमा एक–एकजनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् । ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७९र८० मा कोसी प्रदेशमा दसैँका बेलामा छ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media