चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मदबीच बधाई आदानप्रदान

राष्ट्रपाटी न्युज

१६ कार्तिक २०८१

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्विपक्षीय सहयोगका लागि असल साझेदार रहने बताएका छन् ।

उनका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन-संयुक्त अरब इमिरेट्सले  राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।

सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्रप्रमुखहरू सहमतिमा अर्को चरणमा चीन-युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेको समेत जनाएका छन् ।

सीले चीन-युएई सम्बन्धलाई आत्मसात् गर्दै कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाएका छन् ।

आफ्नो सन्देशमा युएईका राष्ट्रपतिले युएई-चीन कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै दुई देशको निरन्तर विकास र समृद्धिका साथै विभिन्न क्षेत्रमा थप सहयोगको कामना गरेका छन् ।

युएईले सधैँ दुवै देशका जनताको फाइदाका लागि युएई-चीन बीच रणनीतिक साझेदारीलाई सुदृढ गर्दै विकास गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।

सोही अवसरमा चिनियाँ प्रधानमन्त्री ली किआङ र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले पनि बधाई  तथा शुभकामना सन्देश आदानप्रदान गरेका थिए ।

चिनियाँ प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्धको वर्षगाँठ दुई देशका राष्ट्रप्रमुखबीचको सहमति कार्यान्वयन गर्ने अवसर भन्दै चीन-युएई रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन संयुक्त अरब इमिरेट्ससँग काम गर्न चीन इच्छुक रहेको बताएका छन् ।

बधाई तथा शुभकामना सन्देशमा मोहम्मदले युएईले चीनसँग द्विपक्षीय सम्बन्ध सुदृढ बनाई  विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको उल्लेख गरेका छन् । (रासस/सिन्ह्वा)


Published :१६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media